माधवकुमार नेपालले लिएको बाटो सही छैन – अष्टलक्ष्मी शाक्य

अखबार हब
२०७८ भाद्र ३१, बिहीबार १४:३५

काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताएकी छन्। बिहीबार काठमाडौँ जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले नेता नेपाललाई फुटको लाइन ठीक नभएको भन्दै एमालेमै फर्कन आग्रह गरेकी छन्।

‘माधव नेपालले लिएको लाइन ठिक होइन, अहिले फुटको होइन, जुटको राजनीति र सुदृढ एमालेको आवश्यकता छ’, शाक्यले भनिन्, ‘मेरो प्रस्ट धारणा छ । माधव नेपाल हाम्रो नेता हो, तर आज जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नुभएको छ यो ठिक होइन, फेरि समिक्षा गर्नुस्, फर्केर आउनुस्, तपाईको भुमिका एमालेमा अझै आवश्यक छ। पार्टी विभाजन गरेर फाइद हुन्न।’

उनले टुटफुट र जुटबाट गुज्रँदै यहाँ आएको एमालेका लागि आजको आवश्यकता भनेको ‘सुदृढ नेकपा एमाले’ हुने भन्दै यसलाई बलियो र विचारयुक्त बनाउन विचारबाट विचलित हुन नहुने बताइन्।

‘आफूले दुःख गरेको पार्टीमा फर्किनुस् । समीक्षा गर्नुस् । सुदृढ एमाले बनाउन तपाईको भूमिका छ। त्यो पंक्तिलाई अलमलाएर राख्नु ठिक छैन, १० बुँदेले आधार बनाएको छ। त्यसलाई मानेर अगाडि बढ्नुपर्छ’, उनले भनिन् ।

‘हिजो एमाले र माओवादी केन्द्र सर्वोच्च अदालतले ब्युँताइदिएपछि हामी एमालेलाई बलियो बनाउनुपर्छ भनेर लागेका थियौं । तर, लामो समय एमाले हुन पाएनौं,’ उनले भनिन्।

यसमा तपाइको मत

Your email address will not be published.


*