एमालेले गर्यो विधान माहाधिवेशनको लोगो सार्वजनिक

अखबार हब
२०७८ भाद्र ३०, बुधबार १८:४०

मकवानपुर । एमालेले विधान माहाधिवेशनको लोगो सार्वजनिक गरेको छ । आगामी १५ देखि १७ असोजमा ललितपुरको गोदावरी स्थित अन्तराट्रिय सम्मेलन केन्द्रमा हुनलागेको पहिलो विधान माहाधिवेशनको लोगो सार्वजनिक गरेको हो ।

एमालेले विधान माहाधिवेशनमा भाग लिने प्रतिनिधिको टुङ्गो लगाएको छ । स्थायी कमिटिको शनिवार बसेको बैठकले करिब तिन हजार माहाधिवेशन प्रतिनिधिको टुङ्गो लगाएको हो ।

विधान माहाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिहरुमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, अनुशासन आयोगका पदाधिकारी र सदस्य, लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, निर्वाचन आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय विभागका सचिवसहित १५ सदस्य, सल्लाहकार परिषदका पदाधिकारी र सदस्य, जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य, प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य, विशेष कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य, जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, सदस्य रहेका संघीय संसदका सदस्य, सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख, एकता प्रकिया र विभिन्न ठाउँबाट छुटेका दश प्रतिशन मनोनित सदस्यहरुले भाग लिन पाउँने नेकपा एमालेले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*