ग्यापु टिकटक हिरोका टप २५ को नाम सार्वजनिक

अखबार हब
२०७८ भाद्र २९, मंगलवार १०:५१

काठमाडौं ।  नेपाली ई-कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट २५ सहभागीहरूको नाम सार्वजनिक भएको छ । करिब ५ हजार ६०० जना सहभागीबाट छानिएर यस अगाडि ग्यापुले उत्कृष्ट ५० को नाम सार्वजनिक गरेको थियो ।

सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै यस अवसरमा धेरै राम्रा राम्रा भिडियोहरू बनाएको कम्पनीले जनाएको छ । सबैजनाले आ-आफ्नै हिसाबको भिडियो बनाउने छुट दिइएको थियो । अब भने यस प्रतियोगितामा केही फरक हुने ग्यापुका अपरेसन हेड सुरजनी केसीले बताइन् ।

प्रतियोगितामा पहिलो हुने सहभागिले एक लाख रुपैयाँको नगद पुरस्कार पाउनेछन् भने दोस्रो र तेस्रो हुने सहभागीले क्रमशः ५१ हजार र २६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट ५० भित्र पर्न सफल सहभागीहरुले भने विभिन्न गिफ्ट ह्याम्परहरु पाउनेछन् ।

छनौट हुनेमा बिक्रम फुयाल, शङ्कर खनाल, बिबश घिमिरे, शिव पौडेल, बिपिन श्रेष्ठ, निरज खड्का, बिष्णु पाण्डे, ललाना चिमरिया, डिमोन क्षेत्री,सौर्य भेटवाल, पवित्रा राई, अंशुल डाँगी, सिम्पल स्टार, बबि कुमाल, उषा नेपाल, फुडि गर्ल, ढुकुरे डन, आर्सद हुसेन, मन्दिप मिश्र, शयाना लुइँटेल, पूजा पाण्डे, हिमसागर ढकाल, इल्भिस क्षेत्री, विशाल श्रेष्ठ र श्रेया श्रेष्ठ रहेका छन् ।

त्यसैगरी यस अगाडि बाहिरिएका अपिल राई, रोशन पाण्डे र अनुप राउत वाइल्ड कार्ड मार्फत पुन प्रतिस्पर्धामा छिरेका छन् ।

छनिएका उत्कृष्ट २५ सहभागीहरूलाई पोखराको कल्चर रिसोर्ट लगेर ग्रुमिङ क्लास सहितको क्लोज क्याम्प गरिने बताइएको छ । उत्कृष्ट २५ मा पुग्नको लागि छानिएका सहभागीहरूले फेरी नयाँ भिडियो बनाउनु पर्ने हुन्छ ।

ग्यापुको आधिकारीक टिकटक अकाउन्ट पोस्ट भएका मध्ये जसको भिडियोमा सबैभन्दा धेरै लाइक र भिउ हुन्छ उनीहरुले पुरस्कार प्राप्त गर्नेछन् । यसर्थ परीणाम निकै नै पारदर्शी हुनेमा कम्पनी विश्वस्त रहेको छ ।

यस पश्चात हुने ग्राण्ड फिनालेमा उत्कृष्ट तीन जना सहभागी छानिने छन् । सो उत्कृष्ट तीन पनि पहिलेकै प्रकृयाबाट छानिनेछ । अर्थात जसको धेरै लाइक र भिउ आउनेहरु उत्कृष्ट २५ बाट उत्कृष्ट तीनमा पुग्नेछन् ।

यस कार्यक्रमको ट्राभल पार्टनर एक्सलट्रीप, एड्भेन्चर पार्टनर हाइ ग्राउण्ड एडभेन्चर्स र हस्पिटालिटी पार्टनर कल्चर रिसोर्ट रहेको छ । असोज ९ र १० गते विशेष कार्यक्रम गरी टिकटक हिरोजको फाइनल कार्यक्रम गरिने कम्पनीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*