नेकपा (एस) बागमती प्रदेशको संसदीय दलको नेतामा पाण्डे

अखबार हब
२०७८ भाद्र २७, आईतवार १८:०७

मकवानपुर , नेकपा (एकीकृत समाजवादी) पार्टी बागमती प्रदेशको संसदीय दलको पहिलो बैठकले संसदीय दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ । आइतबार प्रदेशसभा सचिवालयमा आधिकारिक रुपमा निर्वाचन आयोगको दल कायम रहेको पत्र दर्ता भएलगत्तै नेकपा समाजवादीको पहिलो संसदीय बैठक बसेर दलको नेतामा पाण्डेलाई चयन गरेको हो ।

बागमती प्रदेशसभा सचिवालयमा बसेको उक्त बैठकले संसदीय दलको विधान समेत पारित गरेको छ । बैठकले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय समेत गरेको छ ।

नेकपा एसले प्रदेशसभामा प्रवेश पाए लगत्तै संसदीय दलको सो निर्णयले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री शाक्य आधिकारिक रुपमा अल्पमतमा परेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*