फतिमासँग प्रचण्डले भने– एमसीसीमा राष्ट्रिय सहमति बनाएरमात्र पास गर्छौं

अखबार हब
२०७८ भाद्र २५, शुक्रबार ११:३१

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीमा राष्ट्रिय सहमति जुटाउने प्रयास भइरहेको बताएका छन् ।

एमसीसी उपाध्यक्ष फतेमा सुमारसँगको भेटमा प्रचण्डले सत्तारुढ गठबन्धभित्र पनि सहमति हुनुपर्ने बताएका छन् ।

सुमारले एमसीसबारे नेपालले अब निर्णय लिनुपर्ने भन्दै प्रचण्डलाई यसबारेमा दृष्टिकोण बनाउन सुझाव दिएकी छन् । प्रचण्डलाई भेट्न सुमार शुक्रबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्।

भेटमा एमसीसीबारे छलफल भएको थियो। सुमारसँग प्रचण्डले एमसीसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएरमात्रै यसलाई पारित गर्नु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*