प्रतिनिधि सभा बैठक भदौ २५ गते सम्मका लागि स्थगित

अखबार हब
२०७८ भाद्र २३, बुधबार १७:५७

काठमाडौं। प्रतिनिधि सभाको बैठक भदौ २५ गतेसम्मका लागि स्थगित भएको छ। बुधबारदेखि सुरु भएको प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गतको पहिलो, दोस्रो र तेस्रो बैठकमा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका थिए।

एमाले सांसदको नाराबाजीका कारण सभामुख सापकोटाले बुधबार २ पटक १५–१५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।

तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेश पेस गरेपछि सभामुख सापकोटाले भदौ २५ गते सम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन्।

प्रतिनिधि सभाको अर्को बैठक भदौ २५ गते दिनको १ बजे बस्ने छ।

यसमा तपाइको मत

Your email address will not be published.


*