मकवानपुरकी जुनेली,वाग्मतीको मन्त्री बन्दै
मकवानपुर । वाग्मती प्रदेशमा मुख्यमन्त्रीअष्ठलक्ष्मि शाक्यले मन्त्रि परिषद् बिस्तार गर्नु भएको छ । मुख्यमन्त्रि शाक्यले ५ मन्त्रि र ४ जना मुख्यमन्त्रि गरी ९ सदस्यीय मन्त्री मण्डल विस्तार गर्न लाग्नु भएको हो ।
मूख्यमन्त्री शाक्यले सिन्धुलीका प्रदिप कटुवाल,रामेछापका शान्ति प्रसाद पौडेल,काभ्रेका चन्द्र लामा, काठमाडौँका अजय कान्ती,चितवनका विजय सुवेदी, दोलखाकी रचना खड्का,मकवानपुरकी जुनेली माया श्रेष्ठ भक्तपुरकीसरस्वती बस्नेत र नुवाकोटका वद्रि मैनालीलाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिन लाग्नु भएको नेकपा एमाले बागमती प्रदेशका मुख्य सचेतक दिपक निरौलाले जानकारी दिनु भयो ।
नवनियुक्त मन्त्रीहरुलाई आझै सपथ ग्रहण गराउने तयारी गरीएको छ ।
नेकपा एमाले विभाजन भएर एकिकृत समाजवादी गठन भएसँगै वाग्मती सरकार अल्पमतमा परेको छ । एमाले विभाजन भएपछि नयाँ दल नेकपा (एकीकृत समाजवादी) मा १३ जना प्रदेशसभा सदस्यले सनाखत गरेपछि शाक्य अल्पमतमा परेकी हुन् । सरकार बनाउन ५५ मत आवश्यक रहे पनि एमालेसँग हाल वाग्मतीमा ४३ मत मात्रै रहेको छ ।
वाग्मतीमा हाल दुई सदस्यीय मन्त्रीमण्डल छ । केशवराज पाण्डेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्नु भएको छ ।
यसअघि सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिनु भएको थियो । उहाँले माधव नेपाल नेतृत्वको समाजवादीमा सनाखत गरे संगै मन्त्री पदबाट राजीनामा दिनु भएको हो ।







