६७ हजारले गराए कोभिड खोप प्रमाणीकरण

अखबार हब
२०७८ भाद्र १६, बुधबार १४:३५

१६ भदौँ,काठमाडौं । हालसम्म ६७ हजार व्यक्तिले कोभिड खोप प्रमाणीकरण गराएका छन्।

विदेश जाने प्रयोजनका लागि कोभिड खोप कार्ड प्रमाणिकरण आवश्यक भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २१ गतेदेखि खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरेको थियो।

मंगलबारसम्म ७४ हजार व्यक्तिले कार्ड प्रमाणीकरणको लागि अनलाइन फारम भरेको परिवार कल्याण महाशाखाका प्रमुख तारानाथ पोखेरले जनाकारी दिए। उनले बाँकी ७ हजारको आजसम्म प्रमाणीकरण भइसक्ने बताए।

अनलाइन फारम भरेपछि फारम भेरीफाइज्ड गरेपछि अनलाइनबाटै प्रमाणपत्र उपलब्ध गराइने व्यवस्था गरिएको छ। जसको अनलाइन फारम भर्दा कुनै प्रमाण नपुगेको वा अन्य ऋटी भएमा परिवार कल्याण महाखाशामा आई समाधान गर्नुपर्ने हुन्छ।

महाशाखाले अनलाइन फारमको भेरीफाइज्ड गर्न २२ जना कर्मचारी खटाएको छ। ‘यो काम अब निरन्तर हुने भएकाले हामीले कर्मचारी व्यवस्थापनका लागि आवश्यक बजेट समेत माग गरेका छौँ,’ डा पोखरेलले भने।

यसमा तपाइको मत

Your email address will not be published.


*