नेपाल–भारतबिचको मैत्रिपूर्ण खेल दर्शकको उपस्थितिमा हुने

अखबार हब
२०७८ भाद्र १६, बुधबार १३:३९

१६ भदौ,काठमाडौँ । नेपाल र भारतबीच दशरथ रंगशालामा हुने खेल दर्शकको उपस्थितिमा हुने भएको छ । नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग बिहीबार र आइतबार दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने छ।

खेलअघि बुधबार भएको पत्रकार सम्मेलनमा दर्शकको उपस्थिति हुने जानकारी दिइएको हो । कोरोना भाइरसविरुद्धको खोपको दुवै मात्रा लगाएका वा संक्रमण नभएको पिसिआर रिपोर्ट देखाउने ५१ सय दर्शक रंगशाला जान पाउने छन् ।

सिसिएमसी र काठमाडौँ जिल्ला प्रशासनले स्वीकृति दिएसँगै दर्शकको उपस्थिति हुने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*