ट्रान्सफरको तरंग : रोनाल्डो, मेस्सी, केन र एमबाप्पेसम्म
१६ भदौ,एजेन्सी । गत सिजनको अन्त्यपछि खेलाडीहरू युरो कप, कोपा अमेरिकाजस्ता विभिन्न प्रतियोगितामा व्यस्त हुनु र कोरोना महामारीका कारण धेरै क्लब आर्थिक समस्यामा पर्दा धेरैले यो ट्रान्सफर विन्डोमा त्यति हलचल नहुने अनुमान गरेका थिए ।
चर्चित खेलाडीको स्थान्तरणलाई हेर्ने हो भने यो ट्रान्सफर विन्डो विगतका भन्दा निकै चलायमान रह्यो ।
अर्जेन्टिनाका फरवार्ड लियोन मेस्सीले २१ वर्षपछि स्पेनिस क्लब बार्सिलोना छाड्दै फे्रन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगे । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो इटालियन क्लबबाट १२ वर्षपछि इंग्लिस क्बल म्यानचेस्टर युनाइटेड फर्किए ।
बार्सिलोनाका फ्रेन्च फरवार्ड एन्टोनी ग्रिजम्यान अर्को स्पेनिस क्लब एट्लेटिको मड्रिड र बेल्जियम स्ट्राइकर रोमेलु लुकाकु इंग्लिस क्लब चेल्सी फर्किए ।
यो समर ट्रान्सफरमा फ्रेन्च क्लब ९पिएसजी०ले आफ्नो दबदबा कायम राख्यो । उसले मेस्सीसहित, सर्जियो रामोस, जियानलुइजी डोनारुम्मा, जर्जिनो विज्नाल्डम, अचराफ हाकिमी जस्ता खेलाडीहरूलाई अनुबन्ध गर्दा केलियन एमबाप्पेलाई क्लबमै राख्न सफल भयो ।
जति चर्चा ट्रान्सफर हुनेहरूको भयो, त्यति नै नहुनेको पनि । स्पेनिस महारथी रियल मड्रिडले जति नै प्रयास गरे पनि युवा स्टार केलियन एमबाप्पेलाई भित्र्याउन सकेन। टोटेनह्यामले पनि ह्यारी केनका लागि अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीको प्रस्तावलाई बारम्बार अस्वीकार गर्यो ।







