बिरोध खतिवडाको नेतृत्वमा सरकारमा जाँदै नेकपा(एस)

अखबार हब
२०७८ आश्विन ११, सोमबार २२:०५

हेटौंडा । नेकपा एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको हो ।एक नेताका अनुसार एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको लिष्ट बुझाइसकेका छन् । यस्तै मन्त्री हुनेमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ रहेको ती नेताको भनाई छ ।यस्तै, भवानी खपुङ र किसान श्रेष्ठमध्ये एक जना मन्त्री हुने पनि मन्त्री बन्दैछन् । कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्रालय राखेको छ भने एकीकृत समाजवादीलाई ६ मन्त्रालय भागवण्डा परेको छ । तर कुन मन्त्रालयमा को जाने भन्ने चाहिँ टुंगो लाग्न बाँकी रहेको ती नेताले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*