कांग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा मोक्तान

अखबार हब
२०७८ आश्विन ९, शनिबार २१:३०

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा राजविर मोक्तान निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट मोक्तान सभापतिमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी अर्जुन दाहाललाई २७ मत अन्तरले पराजित गरेका हुन् ।

सभापति मोक्तानले ८७ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी दाहालले ५० मत प्राप्त गरेको निर्वाचन अधिकृत टिकाप्रसाद दाहालले जानकारी दिए । त्यस्तै उपसभापतिहरुमा थलनाथ घिमिरे र शुसिला फुँयाल सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा आइतसिंह लो र प्रतिमान रुम्बा तथा सह सचिवमा राजेन्द्र लम्साल र रामप्रसाद चौरेल सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले ३२ जना सदस्यसमेत सर्वसम्मत चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*