नेपाली कांग्रेस ओखलढुंगा चम्पादेवी गाउँपालिको सभापतिमा पुलामी
ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका जिल्लाको चम्पादेवी गाउँपालिकाको सभापतिमा बिष्णु कुमार पुलामी मगर निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज(शनिबार) भएको कांग्रेसको गाउँ अधिवेशनबाट पुलामी सभापतिमा सर्वसम्मत निर्वाचित भएको हुन् ।
त्यस्तै उपसभापतिमा भुवन राउत र धु्रबकुमार कार्की सर्वसम्मत भएका छन् । अधिवेशनले सचिवमा कल्याण तामाङ र डम्बर बहादुर कार्की तथा सह–सचिवमा चन्द्रबहादुर खत्री र सन्जय कार्कीलाई चयन गरेको छ भने, कोषाध्यक्षमा निराजन घिमीरे सर्वसम्मत निर्वाचित भएका छन् ।







