साहित्य संगम मकवानपुरमा पहिलो पटक महिला नेतृत्व
मकवानपुर । साहित्य संगम मकवानपुरको आज(शनिबार) हेटौंडामा भएको जिल्ला अधिवेशनले अध्यक्षमा अनिता न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ । साहित्य संगमको ३४ वर्षे इतिहाँसमा महिला अध्यक्षमा चयन भएको यो पहिलो अवसर हो ।
यस्तै उपाध्यक्षमा सानु खनाल, कोषाध्यक्षमा मनोज पोखरेल निर्विरोध हुँदा सचिवमा डिवि वर्तोला बिजयी भए । उनले प्रत्यासी रमेश बञ्जरालाई पराजित गरे । सहसचिवमा यमनदेव उत्प्रेरक, सदस्यमा मेनुका तिमल्सिना, गँगा सापकोटा, सुनिल गौतम र कुवेर पराजुली सर्वसम्मत चयन गरेको हो ।







