कांग्रेस भीमफेदी गाउँपालिकाको सभापतिमा श्रेष्ठ

अखबार हब
२०७८ आश्विन ९, शनिबार १८:४९

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको गाँउ कमिटिको निर्वाचनमा सभापतिमा सञ्जिव श्रेष्ठ निर्वाचित भएका छन् । अर्का निकटतम प्रतिद्वन्दी नारायण आलेलाई १८ मतले पराजित गरेका हुन् ।

सभापति श्रेष्ठले कूल खसेको १५६ मत मध्ये ८६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी थापाले भने ६८ मत प्राप्त गरेका थिए । २ मत भने रद्ध भएको निर्वाचन अधिकृत सुमनकुमार मानन्धरले जानकारी दिए ।

कुल ४५ सदस्यीय गाउँ कमिटीका लागि आज भएको निर्वाचन कार्यक्रमबाट श्रेष्ठको नेतृत्वमा १६ जना प्रतिनिधिहरु निर्वाचित भएका छन् । १८ जना प्रतिनिधि भने समानुपातिक तर्फका रहने व्यवस्था रहेको छ । श्रेष्ठको नेतृत्वमा उपभापतिमा जबर सिं वाईबा र रुद्र लामा, सचिवमा सुन्दर गोले र सुमित्रा थिङ, मन्जुमाया भोलन र सुमित्रा नेगी सर्वसम्मत चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*