विरोध खतिवडालाई मकवानपुरमा चुनाव हारिन्छ भन्ने डर,कार्यकर्तालाई सोधे हामिलाइ कति भोट जम्मा पार्न सक्नु हुन्छ ?
मकवानपुर। नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य विरोध खतिवडाले हेटौंडामा भएको एक कार्यक्रममा आफ्नो कार्यकर्तालाई आउँदो चुनावमा कति भोट जम्मा गर्न सक्नु हुन्छ भन्दै प्रश्न गरेका छन् ।
हेटौंडाको रोयल पार्टी प्यालेसमा भईरहेको एकीकृत समाजवादी मकवानपुरको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य खतिवडाले पार्टी कार्यकर्ताको नामहरु लिँदै आउँदो चुनावमा कति भोट ल्याउने जिम्मा लिनु हुन्छ भन्दै प्रश्न गरेका हुन् ।







