युवा नेता बर्तौलाले गरे प्यानलसहित उम्मेदवारी घोषणा
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका युवा नेता प्रकाश बर्तौलाले शनिवार हुने मनहरी गाँउपालिकाको अधिवेशनको लागि सभापती पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आज मनहरी गाँउपालिकाका कार्यकर्ताहरु माझ आफु सभापतीको उम्मेदवार रहेको बताएका हुन् । उनले आफ सहित ७ जनाको प्यानल उम्मेदवारी रहने जानकारी गराएका छन् ।
बर्तौलाको प्यानलमा उप सभापति सुर्य बाहादुर रोक्का र उत्तम बाहादुर थापा(राजु), साचिव अनन्त प्रकाश अर्याल र हरीचन्द्र शाहि ठकुरी,सहसचिव चट्टान स्याङ्तान र गंगा कोइराला को संयुक्त प्यानल घोषणा गरीएको हो ।
सभापतिका उम्मेदवार बर्तौलाले मनहरीमा सुदृढ कांग्रेस,संगठित कांग्रेस बनाउनका लागि आफु र आफ्नो प्यानलको उमेद्धारी रहेको बताए ।
उनले भने “अब मनहरीमा मात्र होईन देश भर नै नेपाली कांग्रेसको नेतृत्व युवाले लिनु आवाश्यक छ त्यसैले उम्मेदवारी दिएको हुँ ।” पार्टी भित्रको गुट उपगुटलाई राजनीतिक तरिकारले व्यवस्थापन गरी मनहरी गाउँपालिकामा कांग्रेसको भातृ एवम् सुभेच्छुक संगठनलाई मजबुद बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बर्तौलाले बताए । आसन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिकामा कांग्रेसका उम्मेदवारहरु जित्ने सांगठनिक आधार तयार पार्न आवश्यक देखिएको उनी बताउँछन् । सहमति, सहकार्य र एकताको माध्यमबाट पार्टी संगठनमा क्षमतावान व्यक्तिलाई अगाडि बढाउन र पार्टीमा सामूहिक भावनाको विकास गर्न लागिपर्ने उनको भनाई छ ।







