‘म जग्गा कारोबारी होइन’–गच्छदार

अखबार हब
२०७८ आश्विन ७, बिहीबार १९:३९

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारस्थित ललिता निवास जग्गा काण्डमा मुछिएकोबारे जवाफ दिँदै आफू जग्गा कारोबारी नभएको बताएका छन् ।

प्लटिङ गर्ने आफ्नो काम नभएको बताउदै उनले सडक, भवन तथा अन्य संरचनाहरू बनाउने काम आफ्नो भएको बताए ।

१९ महिनापछि आफ्नो गृहजिल्ला सुनसरीमा आउने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गच्छदारले भौतिक पूर्वाधार विकास मन्त्रालयको सडक, भवनहरू बनाउने काम भएको भन्दै जग्गा दलाल गर्ने आफ्नो काम नभएको बताए ।

जग्गा सम्बन्धी निर्णय मन्त्रिपरिषद् बैठकले गरेकाले दोषी भए प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई कारवाही हुनुपर्ने उनले बताए । ‘तत्कालीन प्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालसहित अन्य मन्त्रीलाई पनि कारवाही हुनुपर्‍यो,’ उनले भने, ‘म मात्रै कसरी परे ? निर्णय गर्ने सबै, कारवाही भोग्ने बेलामा म मात्रै ?’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि समेत उनले प्रश्न उठाए । ‘ललिता निवास सम्बन्धीको फाइल मात्रै मन्त्रिपरिषद्को बैठकमा पेश मैले पेश गरेको हुँ,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*