‘यिनीहरुका छातीभित्र मुटु होइन, दर्शनढुंगा रहेछ’

अखबार हब
२०७८ आश्विन ७, बिहीबार १७:३३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुको मनभित्र मुटु होइन ढुंगा रहेको टिप्पणी गरेका छन् । एमाले विशेष कमिटीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले माधवकुमार नेपाल नेतृत्वको पार्टी र सरकारको चर्को आलोचना गरे ।

पार्टीसम्वद्ध कर्मचारी संगठनको कार्यालयमा ताला लगाएकोमा विरोध गरेका उनले सरकारमाथि प्रहरीलाई कानून उल्लंघन गर्ने संयन्त्रका रुपमा प्रयोग गरेको बताए ।

उनले भने, ‘प्रहरीलाई कस्तो अप्ठ्यारो परेको छ हेर्नुस् त, अह्राएपछि नजाउँ पनि भएन । यो गर, त्यहाँ गएर ताला लगा भनेको छ, होइन भने दुर्गममा सरुवा गरिदिन्छ ।’

आफूतिर नलाग्ने शिक्षकलाई दुर्गममा सुरुवा गर्न थालेको भन्दै उनले भने, ‘यिनीहरुको त मानवीय मन पनि छैन । यिनीहरुका छातीभित्र मुटु होइन ढुंगा रहेछ ढुंगा । त्यो पनि दर्शनढुंगा भन्छन् नि छिप्पिएको सेतो । त्यस्तो मुटु छ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*