बागमती प्रदेशमा पहिरो नियन्त्रण गर्न भु तथा जलाधार कार्यक्रम थपीदैै

अखबार हब
२०७८ भाद्र १४, सोमबार ११:४५

हेटौंडा । बागमती प्रदेश सरकारले बाढी, पहिरोको नियन्त्रण गर्नका लागि थप तीन वटा भू तथा जलाभार कार्यालय थप गर्ने भएको छ । आम नागरिकलाई टाढाको कार्यालय धाउनुपर्ने बाध्यता भएकाले कार्यालय स्थापना गर्ने निर्णय गरिएको हो ।

बाढी, पहिरोको समस्या परेका स्थानमा काम गर्नका लागि थप समस्या सृजना भएकाले प्रदेश सरकारको निर्णयबाट तीन वटा कार्यालय थप गर्न लागिएको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यका निजी सचिब नबराज पुडासैनीले जानकारी दिनुभयो । प्रदेश सरकारले मकवानपुर, रामेछाप र नुवाकोट जिल्लामा कार्यालय स्थापना गर्न लागेको हो ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगत रहनेगरी कार्यालय स्थापना गर्न लागिएको हो । तीन वटा थपीएपछी प्रदेश सरकार मातहतको भू तथा जलाधार कार्यालय पाँच वटा पुगेको पुडासैनीले वताउनुभयो ।

यसैगरी प्रदेश सरकारले हेटौंडामा मात्र स्थापना गरेको पर्यटन विकास आयोजनाको कार्यालय काठमाण्डौ उपत्यकामा पनि पर्यटन आयोजान उपशाखाको रुपमा स्थापना गर्ने भएको छ । प्रदेशका १३ वटै जिल्लाबाट हेटौंडामा काम लिएर आउनुपर्ने बाध्यता भएकाले यो बाध्यतालाई हटाउनका लागि काठमाण्डौं उपत्यकामा उपशाखा स्थापना गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*