नागरिक लगानी कोषको सेयर बिक्रीमा

अखबार हब
२०७७ फाल्गुन २६, बुधबार १६:०४

काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८ सय अठ्ठाईस कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको न्यूनतम मूल्य रु १ हजार ५ सय २ रुपैयाँ ५० पैसा तोकिएको छ ।

सेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था रहेकाे छ । उक्त संस्थापक सेयर खरीदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु मात्र सहभागि हुन सक्ने कम्पनीले जनाएकाे छ  ।

ईच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मिति २०७७ चैत्र ३ गतेदेखि मिति २०७७ चैत्र १७ गतेसम्ममा बिक्री प्रबन्धक श्री एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी प्रति कित्ता आफुले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने कम्पनीले जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*