अन्तरराष्ट्रिय
भारतमा कोरोनाबाट एक दिनमा थप सात हजार सङ्क्रमित, २८९ को मृत्यु
नयाँ दिल्ली । कोरोनाभाइरसबाट भारतमा पछिल्लो एक दिनमा सात हजार १४५ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाका कारण अरु २८९ जनाको मृत्यु भएको छ ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ८४ लाख ५६५ रहेको पुगेको पनि जनाएको छ...
बेलायतमा कोरोना भाइरसका एकैदिन ९० हजारभन्दा बढी संक्रमित
बेलायत । बेलायतमा एकै दिन कोरोना भाइरसका ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेका हुन् । स्वास्थ्य अधिकारीहरुले प्रकोप शुरू भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् । शुक्रबार मात्र पनि ९३ हजार ४५ जना सङ्क्रमित भेटिएका छन्...
इराकमा बाढीले बगाउँदा दुई नेपालीको मृत्यु
काठमाडौँ । इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको ज्यान गएको छ । कुर्दिस्तान नेपाली समाजका अनुसार कुर्दिस्तानको अर्विलमा बाढीले उनीहरु सवार सवारी साधनलाई बगाउँदा शेर्पा र राईको ज्यान गएको हो । इराकमा आएको अविरल वर्षापछि बाढी आउँदा अर्विललगायतका क्षेत्रहरुमा ठूलो क्षति...
इराकी कुर्दिस्तान बाढीमा परी आठ जनाको मृत्यु
अर्बिल । उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलमा मुसलधारे वर्षाका कारण आएको बाढीमा शुक्रबार आठ जनाको मृत्यु भएको प्रान्तीय गभर्नर ओमिद खोश्नाउले जानकारी दिएका छन् । “बिहान ४ः०० बजे शुरु भएको बाढीले महिला र बालबालिका सहित आठ जनाको मृत्यु भएको” उनले एएफपीलाई बताएका छन् ।–एएफपी
प्रियंका चोपडा संसारमै प्रशंसा कमाउने सेलेव्रिटी : शीर्षस्थानमा मिसेल ओबामा !
काठमाडौं । यसवर्ष संसारका सबैभन्दा बढी प्रशंसा कमाउने ‘मस्ट एडमायर्ड’ सेलेव्रिटीको सूची सार्वजनिक भएको छ । युगभ अमेरिकाले ३८ मुलुकका ४२ हजार मानिसबीच गरेको सर्वेक्षणमा पुरुषतर्फ बराक ओबामा र महिलातर्फ मिसेल ओबामा शीर्षस्थानमा छन् । महिला तर्फको सूचीमा बलिउड अभिनेत्री प्रियंका चोपडा समेत उत्कृष्ट दशभित्र अटाएकी छिन् । सबैभन्दा...
मलेसियामा डुङ्गा दुर्घटना: ११ को मृत्यु, २७ बेपत्ता
जोहोर । मलेसियाको जोहोरमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। २७ जना अझै पनि बेपत्ता रहेको अधिकारीले बुधबार जानकारी दिएका छन्। मृत्यु भएका र बेपत्ता भएका मध्ये अधिकांश इन्डोनेसियाली नागरिक रहेका छन्। मलेसियाको दक्षिणी क्षेत्रमा दुर्घटना भएको हो। अचानक खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ।...
इण्डोनेसियामा ७.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
काठमाडौं। पूर्वी इण्डोनेसियामा ७.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । युएस जियोलोजिकल सर्भेका अनुसार भूकम्प फ्लोर्स सागरमा १८.५ किलोमिटर गहिराइमा मौमेरे सहरबाट करिब १०० किलोमिटर उत्तरमा केन्द्रविन्दु भएर गएको थियो । भूकम्प स्थानीय समयअनुसार बिहान १० बजेर २० मिनेटको समयमा (नेपाली समय...
इक्वेडरमा बस दुर्घटनाः १८ को मृत्यु, २५ जना घाइते
इक्वेडर । इक्वेडरमा बस दुर्घटनामा कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु २५ जना घाइते भएका छन् । दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा शनिबार राति दुर्घटना भएको हो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको...
म्यानमारमा मानवअधिकार उल्लङ्घनका घटनाप्रति राष्ट्रसंघको गम्भीर चासो
जेनेभा । म्यानमारको सेनाले सत्ता कब्जा गरेपछि यहाँको मानवअधिकार उल्लङ्घनका घटनामा उल्लेख्यरूपमा वृद्धि भएको राष्ट्रसंघीय अधिकार कार्यालय, ओएचसीएचआरले चेतावनी जनाएको छ । ओएचसीएचआरले शुक्रबार विज्ञप्ति जारी गर्दै देशमा ‘गम्भीर मानवअधिकार उल्लङ्घनको डरलाग्दो वृद्धिबाट स्तब्ध राष्ट्रसंघ स्तव्ध’ भएको जनाएको छ । प्रवक्ता रुपर्ट कोल्भिलले जेनेभामा पत्रकार सम्मेलनमा जनाएअनुसार म्यानमारमा पछिल्ला...
मेक्सिकोमा सडक दुर्घटना, कम्तीमा ५३ आप्रवासीको मृत्यु
मेक्सिको । मेक्सिकोमा सडक दुर्घटनामा विहीबार कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ । उक्त दुर्घटना ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर पल्टिँदा दक्षिणी राज्य चियापासमा भएको हो । चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दु हो। प्रारम्भिक रिपोर्ट अनुसार उक्त दुर्घटनामा अन्य ५८ जना पनि घाइते भएका छन...










