अन्तरराष्ट्रिय

भारतमा एकैदिन १ लाख ४१ हजार संक्रमित, दिल्लीमा कर्फ्यु लागू

दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका १ लाख ४१ हजार ९८३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा संक्रमणले २८५ जनाको मृत्यु भएको छ । ४० हजार ८१६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या ४ लाख ६६ हजार ३११ पुगेको छ । एकैदिनमा...

हङकङका मिडियाकर्मीको पक्राउ पूर्णरुपमा कानुनसंगतः चीन

चीनले हङकङमा सञ्चारकर्मीहरु पूर्णरुपमा कानुनसंगतरुपमा पक्राउ परेको बताएको छ। बेलायतस्थित चिनियाँ दूतावासले बिहीबार यस्तो जानकारी दिएको हो। हङकङको स्ट्यान्ड न्युजमा राष्ट्रिय सुरक्षा प्रहरीले छापा मार्दै सञ्चारकर्मीहरूलाई पक्राउ गरेपछि पश्चिमा मुलुकले चीनले आलोचना गरेका थिए। यसै क्रममा बेलायतस्थित चिनियाँ दूतावासले यस विषयमा स्पष्ट पारेको हो। ‘हङकङका बासिन्दाको वाक स्वतन्त्रता र...

यमनमा साउदी अरेबिया नेतृत्वको सेनाको कारबाहीमा १२ हुथी विद्रोही मारिए

काठमाडौं। यमनमा रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीविरुद्ध सोमबार गरेको कारबाहीमा परेर कम्तीमा १२ जना विद्रोहीको मृत्यु भएको छ । उक्त सेनाले यमनको दक्षिणपश्चिमी क्षेत्र ताइजमा सो आक्रमण गरेको थियो । उक्त आक्रमणमा परेर १२ जना विद्रोही मारिएका त्यहाँका एकजना सैनिक अधिकारीले जानकारी दिएका छन् । गत महिनादेखि...

म्यानमारमा सेनाको बर्बरताः ३० जनाको हत्या गरी शव जलाइयो

काठमाडौं। म्यानमारको कायह प्रान्तमा सेनाले गरेको आक्रमणमा परी कैयौं मानिसको ज्यान गएको छ । मिडिया रिपोर्ट, मानव अधिकारी समूह र स्थानीयका अनुसार ह्याप्रुसो शहरमा सेनाले गरेको हमलामा ३० भन्दा बढी मानिसको मृत्यु भएको हो। यसैबीच, बेलायतको च्यारिटी संस्था सेभ द चिल्ड्रेनले आक्रमणपछि आफ्ना २ जना कर्मचारी हराइरहेको बताएको छ...

ग्रीस सवारी दुर्घटना : चार जना नेपालीको मृत्यु भएको पुष्टि

गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको छ । मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला...

दिल्लीमा क्रिसमस र नयाँ वर्षमा जमघट गर्न नपाइने

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र नयाँ वर्षमा कुनै पनि जमघट गर्न नपाइने भएको छ । कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेपछि दिल्ली सरकारले क्रिसमस र नयाँ वर्ष मनाउन हुने जमघट एवं गतिविधिमाथि प्रतिबन्ध लगाएको हो । दिल्लीको विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले बुधबार...

भारतमा ओमिक्रोन संक्रमण तीव्र, डेल्टाभन्दा खतरनाक रहेको भारतीय विज्ञको दाबी

नयाँ दिल्ली । छिमेकी देश भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिन थालेको छ। भारतको स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो पाँच दिनमै ओमिक्रोनबाट संक्रमित हुनेहरुको संख्या दुई सय माथि पुगेको छ। यो भेरियन्ट डेल्टाभन्दा पनि खतरनाक रहेको भारतीय विज्ञहरुको दाबी छ। पछिल्लो तथ्यांकअनुसार भारतमा ओमिक्रोनबाट २३० जना संक्रमित...

३५ वर्षीय विद्यार्थी नेता चिलीको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । बामपन्थी उम्मेदवार ग्याब्रियल बोरिक चिलीको राष्ट्रपति पदमा निर्वाचित भएका छन् । उनले प्रजातान्त्रिक समूहका उम्मेदवार जोसे एन्टोनियो कास्टलाई पराजित गरेका हुन् । चिलीको राष्ट्रपति निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छैन । तर ९८ प्रतिशत मत गणनामा बोरिकको पक्षमा ५६ प्रतिशत र कास्टको पक्षमा ४४ प्रतिशत मत प्राप्त...

भारतको केरलमा दुई नेताको हत्या

काठमाडौँ । भारतको केरल राज्यमा दुइ नेताको हत्यापछि तनाव सिर्जना भएको छ । आइतबार बिहान अलाप्पुझा जिल्लामा भाजपा नेता रञ्जित श्रीनिवासनको हत्या गरिएको थियो भने त्यसअघि शनिबार राति सामाजिक लोकतान्त्रिक पार्टी अफ इण्डियाका नेता केएस शानको हत्या भएको थियो । केरलामा दुईवटा राजनीतिक हत्याकाण्डले वातावरण तनावपूर्ण भएको भारतीय मिडियाहरुले...

फिलिपिन्समा विनाशकारी आँधी, ७५ जनाको मृत्यु

काठमाडौं। फिलिपिन्सको दक्षिणी एवं मध्य क्षेत्रमा आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ । बिहीबारदेखि जमीनमा प्रवेश गरेको राइ नामक शक्तिशाली आँधीमा परी ७५ जनाको मृत्यु भएको फिलिपिन्सका अधिकारीहरूले बताएका छन् । स्थानीय भाषामा हायन पनि भनिने राइ आँधी फिलिपिन्समा आउने आँधीमध्ये सबैभन्दा शक्तिशाली र एवं...