अन्तरराष्ट्रिय

राष्ट्रसंघ सुरक्षा परिषदमा युक्रेन आक्रमणको निन्दा, रुसद्वारा भिटो प्रयोग

काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेनबारेको एक प्रस्तावमा रुसले भिटो पावरको प्रयोग गरेर त्यसलाई रोकिदिएको छ । रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्ने प्रस्तावमा स्थायी सदस्य राष्ट्र रुसले भिटो प्रयोग गरेको हो । यस प्रस्तावको पक्षमा ११ सदस्यले भोट दिए । भारत, चीन र युएईले भोटिङमा भाग लिएनन्...

भारतले युक्रेनमा रहेका आफ्ना नागरिकको उद्धार गर्दै, नेपाल सरकार भने अझै अलमलमा

काठमाडौं । भारतले युक्रेनबाट आफ्ना नागरिक उद्धारको तयारी गरिरहँदा नेपाल भने अलमलमै छ । भारतले उद्धारका लागि आफ्ना नागरिक जम्मा गरिरहेको छ । तर, नेपालले कुनै ठोस निर्णय लिएको छैन । ‘हामी सम्भावित उपायको खोजीमा छौँ, रुस र जर्मनीस्थित राजदूतावासले नेपालीसँग समन्वय गरिरहेको छ, हामी सम्बद्ध सबै मुलुकसँग समन्वय गरिरहेका छौँ,’ परराष्ट्र...

युक्रेनको राजधानी किभमा बिहानैदेखि लगातार विस्फोट

काठमाडौं । युक्रेनको राजधानी किभमा आज पनि निरन्तर विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सीएनएनका अनुसार राजधानी किभमा शुक्रबार बिहानै थुप्रै विस्फोटहरू भएका छन् । बिहानै लगातार विस्फोट भएको सीएनएनले उल्लेख गरेको छ । युक्रेनका सरकारी अधिकारीहरूका अनुसार आज मात्रै दुई ठूला विस्फोट भएका छन् । त्यसमा...

अब कतारबाटै विद्युतीय राहदानी बनाउन सकिने

दोहा । अब कतारस्थित नेपाली दूतावासबाटै विद्युतीय राहदानी (ई पासपोर्ट) बनाउन सकिने भएको छ । विद्युतीय राहदानी (ई पासपोर्ट) का लागि प्रि इनरोलमेन्ट सुरु भएको दूतावासले जनाएको छ । दूतावासले आइतबार एक सूचना जारी गर्दै नेपाली दूतावास दोहाबाट लाइभ इनरोलमेन्ट प्रक्रिया पूरा गरी राहदानी विभाग काठमाडौँबाट सफलतापूर्वक पहिलो विद्युतीय...

सुकीविरुद्ध चुनावमा धाँधली गरेको नयाँ मुद्दा दर्ता

काठमाडौं । म्यानमारमा सत्तामा आएको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीविरुद्ध निर्वाचनमा धाँधली गरी जितेको भन्दै थप मुद्दा दर्ता गरेको छ । म्यानमारको सेनाले ‘कू’ गरेको एक वर्षपछि सुकीविरुद्ध नयाँ मुद्दा दर्ता गरेको हो। मुलुकको निर्वाचन आयोगलाई प्रभावमा पारी सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै उनीविरुद्ध मुद्दा...

भारतमा पुनः चर्कियो पेगासस मामिला, बजेट सेसन अवरोध गर्ने विपक्षीको तयारी

एजेन्सी । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले शुक्रबार एक समाचार विवरण प्रकाशित गरेपछि भारतमा पेगासस मामिला पुनः चर्किएको छ । भारत सरकारको तर्फबाट आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्ने समयमा यो विषय पुनः गर्माएको छ । जानकारीहरुमा आए अनुसार बजेट सेसन नै अवरोध गर्ने विपक्षी गठबन्धनको तयारी छ ।...

कतारमा काम गर्ने विदेशीले ११ डलरमै विश्वकप फुटबल हेर्न पाउने

काठमाडौं । कतारमा आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकप फुटबल प्रतियोगिताका लागि टिकट बेच्न शुरु गरिएको छ । बुधबारदेखि ‘कतार वर्ल्ड कप’को टिकेट बिक्री गर्न थालिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । कोभिड–१९ लाई लिएर चिन्ता जारी रहेका बेला मूल्य घटाएर विश्वकप फुटबल प्रतियोगिताको टिकेट बेच्न...

भूकम्पमा परि अफगानिस्तानमा २२ जनाको मृत्यु

काठमाडौं । भूकम्पका कारण अफगानिस्तानमा २२ जनाको मृत्यु भएको छ। सोमबार अफगानिस्तानको पश्चिममा भूकम्प आएको थियो। युएस जियोलोजिकल सोसाइटी (यूएसजीएस) का अनुसार, ४.९ र ५. ३ तीव्रताको दुई भूकम्पले उत्तर–पश्चिम प्रान्त बडघिसलाई प्रभावित गरेको थियो जहाँ घर र भवनहरु ढलेका थिए। सरकारी प्रवक्ताले एएफपीलाई बताए अनुसार एक भवनभित्र पाँचजना...

जोकोभिचको भिसा रद्द गर्ने अस्ट्रेलियाली सरकारको निर्णय खारेज

अष्ट्रेलिया । टेनिस खेलाडी नोभाक जोकोभिचको अस्ट्रेलियाली सरकारले गरेको भिसा रद्द गर्ने निर्णय मेलबर्न अदालतले खारेज गरेको छ । अदालतको यो निर्णयसँगै विश्व नम्बर एक जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम–अस्ट्रेलियन ओपन खेल्ने सम्भावना बलियो भएको छ । मेलबर्न अदालतका न्यायाधीश एन्थोनी केलीले सरकारले भिसा रद्द गर्ने निर्णय खारेज गर्दै उनलाई...

हाइटीमा पत्रकार जिउँदै जलाइएको घटनाको राष्ट्रसंघद्वारा निन्दा

न्यूयोर्क । संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकार हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन्। ‘कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्’, दुजारिकले दुई पत्रकारको हत्यामा टिप्पणी गर्न सोध्दा भने। ‘हामी यस वीभत्ष हत्याको स्पष्ट रूपमा निन्दा गर्छौं। यो धेरै...