अन्तरराष्ट्रिय

दुई दिने भारत बन्द आह्वान, बैकिङ युनियनको पनि ऐक्यबद्धता

एजेन्सी । भारतमा आज र भोलि बन्द आह्वान गरिएको छ । केन्द्रीय सरकारको नीतिको विरोधमा केन्द्रीय ट्रेड युनियनको एउटा संयुक्त फोरमले बन्द आयोजना गरेको हो । बन्दलाई अखिल भारतीय बैंक कर्मचारी संघले समर्थन गरेको छ । मजदुर, किसान र सर्वसाधारणलाई असर गर्ने सरकारी नीतिहरूको विरोध गर्न केन्द्रीय ट्रेड युनियनहरूको...

बिलम्ब नगरी वार्ता गर्न राष्ट्रपति जेलेन्स्कीको आह्वान

काठमाडौं । किभ—युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि आह्वान गरेका छन् । रुसी सेनाले आक्रमण तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले बिलम्ब नगरी रुससँग वार्ताका लागि आह्वान गरेका हुन् । वार्ता रुसलाई उसको गल्तीका कारण भएको क्षतिलाई न्यून गर्ने एउटा अवसर भएको बताए । ‘यो भेटघाट...

युक्रेनको राजधानी कीभमा ३५ घण्टे कर्फ्यु

काठमाडौं । युक्रेनको राजधानी कीभमा ३५ घण्टे कर्फ्यु लगाइएको छ। कीभका मेयर भिटाली क्लिट्स्कोले कठिन र खतरनाक क्षणको चेतावनी दिँदै राजधानीमा ३५ घण्टाको कर्फ्यु घोषणा गरेका हुन्। रूसी हवाई हमलाले रातभर एउटा मेट्रो स्टेशन र आवासीय भवनहरूमा आक्रमण गर्दा चार जनाको मृत्यु भएको थियो। यस्तै, रूसी सेनाले मारिउपोलको एक...

युक्रेनको सैन्य तालिम शिविरमा भएको क्षेप्यास्त्र हमलामा परी ३५ जनाको मृत्यु

काठमाडौं । युक्रेनको पश्चिमी क्षेत्रमा अवस्थित एक सैन्य तालिम शिविरमा रुसले गरेको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ । युक्रेनको पश्चिमी सहर याभोरिभस्थित सैन्य तालिम शिविरमा भएको रुसी आक्रमणमा ३५ जना मारिएको लभिभ सहरको क्षेत्रीय प्रशासनले जनाएको हो । आइतबार बिहान रुसले गरेको क्षेप्यास्त्र हमलाबाट थप १३४ जना...

युक्रेनबाट पोल्याण्ड पुगेका नेपालीको भारतीय टोलीद्वारा उद्धार

नयाँ दिल्ली । भारतले युक्रेनबाट आफ्ना नागरिकसँगै एक जना नेपाली नागरिको पनि उद्धार गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बागचीले एक जना नेपाली र अर्को एक जना बांगलादेशी नागरिकलाई पनि उद्धार गरिएको बताए । तनाबग्रस्त युक्रेनबाट पोल्याण्ड पुगेका नेपाली नागरिकको भारतीय टोलीले उद्धार गरेको हो । तर उद्धार...

रुसले लगायो फेसबुकमाथि प्रतिबन्ध, ‘फेक न्युज’ प्रसारण गर्नेलाई १५ वर्ष जेल

काठमाडौँ । रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युबगायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो । सञ्चारमाध्यम र सूचना प्रविधिसम्बन्धी रुसी नियामक निकाय रोस्कोमनाद्जोरका अनुसार फेसबुकले अक्टोबर २०२० देखि यता रुसी सञ्चारमाध्यमाथि २६ वटा विभेदपूर्ण व्यवहार गरेको जनाएको छ । साथै...

युक्रेनका दुई शहरमा रुसले गर्‍यो युद्धविराम

काठमाडौं । युक्रेनमाथि रुसी आक्रमण सुरु भएको दशौं दिन रसियाको रक्षा मन्त्रालयले युक्रेनको दुई शहरमा युद्धविराम घोषणा गरेको छ । दक्षिण पूर्वी शहर मरियुपुल र भोल्नोभाखामा शनिबार विहानदेखि अस्थायी युद्धविराम घोषणा भएको बीबीसीले जनाएको छ । रुसी रक्षा मन्त्रालयले मानवीय सहयोगका लागि युद्धविराम गरेको जनाएको छ । युद्धविरामको समयमा...

रुस र युक्रेनबीच बेलारुसमा वार्ताको तयारी

एजेन्सी । आपसमा युद्ध गरिरहेका रुस र युक्रेनका बीचमा शान्ति वार्ता गराउने तयारी भइरहेको दाबी गरिएको छ । बेलारुसले सोमबार वार्ता गर्ने तयारी भइरहेको त्यसका लागि सवै तयारी पुरा भइसकेको पनि जानकारी दिएको छ । अधिकारीहरुले वार्ता आइतबार नै गराउने प्रयास भएको भएपनि तयारी पुरा नभएको र पर्याप्त वातावरण...

युक्रेनलाई एलन मस्कको पनि सहयोग, उपलब्ध गराए तार र टावर विनाको इन्टरनेट

काठमाडौं । स्पेस–एक्सका संस्थापक एलन मस्कले पनि युक्रेनलाई सहयोग गर्ने घोषणा गरेका छन् । रुसको आक्रमणबाट युक्रेनको इन्टरनेटमा सेवामा क्षति पुगेपछि एलन मस्कले स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड युक्रेनमा सक्रिय बनाउने घोषणा गरेका हुन् । युक्रेनका उपप्रधानमन्त्रीले ट्वीटरमार्फत् एलन मस्कलाई ट्याग गरेर स्टारलिंक स्याटेलाइट सेवा दिन आग्रह गरेका थिए । त्यसको...

युक्रेन छाड्दै नेपाली, धेरैजसो पोल्याण्ड गए, केही स्लोभाकिया, हंगेरी र रोमानिया प्रवेश

काठमाडौं । युद्धग्रस्त युक्रेनमा रहेका २२५ जना नेपालीहरु सम्पर्कमा आएको र सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । केही नेपालीहरु युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा गइसकेको दूतावासले जनाएको छ । दूतावासले शनिबार जारी गरेको विज्ञप्ति अनुसार १५ जना नेपालीहरु पोल्याण्डमा, ३...