विद्यार्थीलाई निःशुल्क लेखापाल तालिम

अखबार हब
२०८१ जेष्ठ ६, आईतवार १८:३७

हेटौंडा । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीको आयोजनामा निशुल्क लेखापाल तालिमको शुभारम्भ गरेको छ ।

क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष अभ्युदय खनालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका क्यामपस प्रमुख डा. याम सिलवालको प्रमुख आतिथ्यता रहेको थियो ।

आईतबारदेखि १० दिनसम्म सञ्चालन हुने उक्त तालिमको प्रशिक्षण किशोर अर्यालले गर्नुहुनेछ ।

विद्यार्थीहरुको शैद्धान्तिकसंगै प्रयोगात्मक अभ्यास क्षमताको विकासको लागि तालिम आयोजना गरिएको क्याम्पस कमिटी अध्यक्ष खनालले बताए ।

तालिममा ब्यवस्थापन संकाय अन्तगत स्नातक तहमा अध्ययनरत १२० भन्दा बढीको सहभागिता रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*