हुप्र चौरलाई सुविधा सम्पन्न र आकर्षक चौरको रुपमा विकास गरिदै

अखबार हब
२०८२ चैत्र २५, बुधबार २१:५८

हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ नं. वडामा रहेको लोकतान्त्रिक चौर(हुप्र)लाई सुविधा सम्पन्न र आकर्षक चौरको रूपमा विकास गरिने भएको छ ।

करिव ३ करोडको बजेट व्यवस्थापन गरि चौरलाई बागमती प्रदेशकै खुल्ला नमुना चौरको रूपमा विकास गर्न खोजिएको हेटौँडाकी नगर प्रमुख मिनाकुमारी लामाले बताउनु भयो ।

उहाँले हेटौँडा नगरलाई महिला मैत्री सहर निर्माण परियोजना अन्तरगत चौरको मास्टर प्लान बनाउने कार्य अन्तिम चरणमा पुगेको र मास्टर प्लान बनेसंगै निर्माण कार्यको लागि बोलपत्र आव्हान गरिने बताउनु भयो । महिला मैत्री सहर निर्माण परियोजना र अन्य श्रोतबाट बजेटको व्यवस्थापन समेत गरिने बताउनु भयो।

हेटौँडा ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले चौरलाई फुटबल, भलिवल र क्रिकेट खेल मैदानलाई थप व्यवस्थित बनाईने, खुल्ला जीम मर्मत र थप गर्ने, बालबालिका खेल्ने, जेष्ठ नागरिकको लागि विशेष स्थलको व्यवस्था गर्ने, विभिन्न स्थान बस्ने र आराम गर्ने स्थान बनाईने, गेट र मञ्च थप सुविधाजनक र आकर्षक बनाईने बताउनु भयो । उहाँले यसअघि सार्वजनिक शौचालय, हिँड्ने ट्रय्याक, भलिवल कोर्ट निर्माण गरिएको र क्रिकेट केज बनाउने कार्य जारी रहेको बताउनु भयो । वडा कार्यालयको व्यवस्थापनमा मर्मत र नियमित सरसफाई गरिदै आएको चौरमा हालै ४ वटा हाई मार्क्स जडान गरि रातमा पनि चौर क्षेत्र उज्ज्यालो बनाउने व्यवस्था गरिएको छ ।

चौरलाई महिला, बालबालिका, अपाङ्ग र खेलमैत्री बनाउन विशेष ध्यान दिईएको वडा अध्यक्ष सिग्देलको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*