मुसा धपाउन बालेको आगो गोठमा सल्कियो

अखबार हब
२०८२ चैत्र २०, शुक्रबार ०७:२७

मकवानपुर । मकवानपुरमा मुसा धमापउन बालेको आगो गोठमा सल्किदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ भोर्ले स्थित सानुकाजी स्याङबोको काठ र जस्ताबाट बनेको गोठमा आगोलागि बाट  पूर्ण क्षति पुगेको हो । बिहिबार साँझ लागेको आगोमा परेर १० वटा  बाख्रा जलेर मरेको र एउटा बाछी जलेर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

आगोलागी दमकल र स्थानियको सहयोगमा नियन्त्रणमा आएको र एक लाख पचास हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*