हेटौंडामा कृषि प्रदर्शनी गर्दै मउवा संघ

अखबार हब
२०८२ चैत्र १०, मंगलवार २२:२६

मकवानपुर । हेटौंडामा कृषि प्रदर्शनी मेला आयोजना हुने भएको छ ।

हेटौंडा–२ स्थित पल्पसा सभाहलमा चैत १३ गतेदेखि १६ गतेसम्म बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला २०८२ हुने भएको हो । मकवानपुर उद्योग बाणिज्य संघको आयोजना, बागमती प्रदेश सरकारको सहयोग र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा मेला आयोजना गर्न लागिएको हो ।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले प्रदर्शनीको तयारी सुरु भइसकेको जानकारी दिए। उनका अनुसार प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसूदन पौडेलले गर्नेछन् ।

मेलामा ४० वटा स्टल रहनेछन् । कोदो, जुनेलो, फापर, अचार, बाटेको धुप, केराको कप, म्याट, मस्यौरा, जुनारको जुस, अल्लोको समान, च्याउ, माछा, डेरी प्रोडक्टलगायत बस्तुको प्रदर्शनी हुनेछ । मेलामा करिब ५ लाख ७५ हजार १७८ रुपैयाँ खर्च अनुमान आयोजकले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*