दुई वर्षमा बन्ने बाटो डेढ वर्षमै बनाउने आफ्नो एजेन्डाः बालेन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले दुई वर्षमा बन्ने बाटो डेढ वर्षमै बनाउने आफ्नो एजेन्डा रहेको बताएका छन् । बुधबार धनगढीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् ।
‘दुईवर्षमा बन्नुपर्ने बाटो २० वर्षसम्म बन्दैन । डेढ वर्षमा बन्नुपर्यो । त्यो हो हाम्रो एजेण्डा,’ बालेनले भने, ‘रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ, बाटो बन्नुपर्यो ।’
सुदूरपश्चिममा बाटो बनाउन ‘यो भेगमा मेरो भोट छैन किन बनाउनुपर्यो रु’ भन्ने प्रवृत्ति रहेको उनले बताए । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ । सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ ।’






