मकवानपुरमा एमालेको प्रचार अभियान तिब्र
हेटौँडा । आम निर्वाचन नजिकिदैँ जाँदा नेकपा एमाले मकवानपुरले मतदाता भेटघाटलाई तिब्र बनाएको छ । नेकपा एमालेका नेता कार्यकर्ताहरू मतदाता बीचमा पुगि पार्टीप्रति विपक्षीले लगाएको आरोप चिर्न र आफ्नो पार्टीका उम्मेद्वारको पक्षमा मत सृजना गर्न लागि परेका छन् ।
हेटौँडा-४ नं. वडाका विभिन्न टोलहरूमा मतदाताहरूको बाक्लो उपस्थितिमा पार्टीको चुनावी एजेण्डाहरूबारे जनतालाई प्रष्ट पार्दैछन् । यसैक्रममा हेटौँडा ४ नं. वडाको विभिन्न टोलमा मतदाताहरू भेटघाटको क्रममा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले मुलुकमा राष्ट्रिय स्वाधिनता, संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास र समृद्विको लागि सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नु भएको छ ।
केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व एमालेले गरिरहँदा सडक, खानेपानी, विधुतीकरण, विध्यालय र स्वास्थ्य चौकीको स्तरउन्नतिले तिब्रता पाएको भन्दै कृषि र पर्यटनको विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।
त्यस्तै, प्रदेश कमिटीका सचिवालय सदस्य रघुनाथ खुलालले आज गाउँ र टोलटोलसम्म विकासको लहर आउनु र स्थानीय तहमा बजेटको ठुलो हिस्सा विनियोजन गर्ने, सामाजिक सुरक्षा मार्फत बृद्वबृद्वा, अपाङ्गता, एकल महिला र दलितलाई सामाजिक सुरक्षा भत्ता महत्वपूर्ण कार्यहरू एमाले कै नितिको कारण भएको बताउनु भयो । उहाँले नेकपा एमालेको सरकारले गरेको कामको मूल्याँकन गरेर मतदाताहरूले सूर्य चिन्हमा मतदान गर्ने विश्वास गर्नुभयो । एमालेले जनप्रिय कार्य गरि लोकप्रिय भएकाले पार्टीमाथी विभिन्न प्रहार भईरहेकाले जनताले न्यायपूर्ण मतदान गरि फागुन २१ गतेपछि एमालेको बहुमतसहितको सरकार बन्ने दावी गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला उपसचिव आरती पाठक, जिल्ला सदस्यहरू शिवहरी दाहाल, मिलन पाठकलगायत विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो ।






