हेटौंडा–१५ नम्वर वडामा रानाको उत्सवमय माहोलः केक काटेर स्वागत, घडाले सजियो टोल

अखबार हब
२०८२ फाल्गुन ६, बुधबार १५:३३

हेटौंडा। आम निर्वाचन आउन अब केवल १५ दिन मात्र बाँकी छ। यससँगै उम्मेदवारहरू मतदाताको घरदैलोमा केन्द्रित भएका छन् ।

नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर –१ को उम्मेदवार रहेका रामेश्वर राना पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । हेटोंडा–१४ नम्वर वडाबाट घरदैलो शुरु गरेका रानाले दिउँसो १५ नम्वर वडामा मतदातासँग भेटघाट गरिएका थिए ।

घरदैलो कार्यक्रममा पुगेका रानालाई १५ नम्वर वडाका मतदाताले घर–घरमा घडा राखी खादा ओढाएर स्वागत गरेका थिए। कतिपय टोलमा उनलाई केक काटेर समेत स्वागत गरिएको थियो। स्थानीयको सहभागिता र स्वागतले घरदैलो कार्यक्रम विजय र्यालिजस्तै देखिएको थियो।

कार्यक्रमका क्रममा उम्मेदवार रानाले आफू जनताको सेवाका लागि उम्मेदवारी दिएको बताउँदै विकास, रोजगारी र पूर्वाधार निर्माण र कानुन निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । वडाबासीहरूले रानाप्रति समर्थन जनाउँदै आगामी निर्वाचनमा विजयी गराउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनपछि प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट केही समय टाढा रहेका राना करिब १८ वर्षपछि पुनः प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन् । स्वच्छ छवि, संयमित स्वभाव र शालीन राजनीतिक शैलीका कारण उनले स्थानीय राजनीतिमा फरक पहिचान बनाएका छन् । यही कारणले पनि उनले मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन्। मकवानपुर–१ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाका १५ वटन वडा, बकैया, बागमती गाउँपालिका तथा मकवानपुरगढी गाउँपालिकाका ४ वडा समेटिएका छन्। ४० वडा रहेको यस निर्वाचन क्षेत्रमा १३ राजनीतिक दलका १३ तथा १० स्वतन्त्र गरी कूल २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*