रामेछाप बस दुर्घटना अपडेटः मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी

अखबार हब
२०८२ माघ २८, मंगलवार १४:५६

रामेछाप । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले मृतकको संख्या ९ पुगेको जानकारी दिए ।

उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९ पुगेको हो । सीडीओ थापाका अनुसार, ६ जनाको उपचारका क्रममा अस्पतालमा र तीन वटा शव घटनास्थलमा फेला परेको हो ।

काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो ।

उद्धार गरेकाहरूलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*