दुई लाख घुससहित पक्राउ परेका खरिदार भण्डारी दोषी ठहर

अखबार हब
२०८२ माघ १९, आईतवार २१:०६

काठमाडौँ । दुई लाख घुससहित पक्राउ परेका मालपोत कार्यालय, धुलिखेलका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। गत असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो। विशेष अदालतले आइतबार ठहरको फैसला गरेको हो।

काभ्रेपलाञ्चोक जिल्लाको साबिक दोलालघाट गाविस– ७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएका जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा टंगालबाट खटिई गएको टोलीले खरिदार भण्डारीलाई दुई लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा बिगो दुई लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय ९ग० बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा ९१० अनुसार बिगोबमोजिम जरिवाना सजाय हुन माग दाबी लिई मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो। मागअनुसार नै उनलाई सजाय हुने फैसला भएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*