हेटौंडामा नयाँ खेल मैदान निर्माण गर्ने तयारीमा सिग्देल
हेटौंडा । मकवानपुरको हेटौंडामा नयाँ सार्वजनिक मैदान निर्माणकाे तयारी भईरहेकाे छ ।
हेटौंडा -४ नम्बर वडास्थित भुटनदेवी माध्यमिक विद्यालयकाे पूर्वी क्षेत्रमा खेल मैदान निर्माण गर्न लागिएकाे हाे ।
नियमित खेलकुद गतिविधि सञ्चालन गर्न, सार्वजनिक कार्यक्रम सञ्चालन गर्न र नियमित व्यायामका क्रीयाकलाप सञ्चालन गर्ने उदेश्यले बहुउदेश्यीय मैदान निर्माण गर्न लागिएकाे हेटौंडा ४ नं. वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले बताए ।
तत्काल मैदानकाे सरसफाई कार्य अगाडि बढाईएकाे र वडा, उपमहानगरपालिका, प्रदेश, संघीय सरकारकाे सहयाेग जुटाएर सुविधा सम्पन्न खेल मैदान निर्माण गर्ने उदेश्य रहेकाे अध्यक्ष सिग्देलले बताए ।
यता, खेल मैदान निर्माण पश्चात् विभिन्न विद्यालय, क्लबहरूले विभिन्न खेलकाे आयाेजना गर्नसक्ने र संघ, संस्था, संगठन र दलहरूले विद्यालयको नितिभित्र रहेर कार्यक्रम आयाेजना गर्न सक्ने विद्यालयका प्रअ सूर्यप्रसाद घिमीरेले बताए।







