रामेश्वर रानालाई एमाले मकवानपुर जिल्ला इञ्चार्जको जिम्मेवारी
हेटौंडा । नेकपा (एमाले)का केन्द्रीय सदस्य रामेश्वर रानालाई मकवानपुर जिल्ला इञ्चार्जको जिम्मेवारी तोकिएको छ ।
एमालेको केन्द्रीय सचिवालय बैठकले रानालाई मकवानपुर जिल्लाको इञ्चार्जको जिम्मेवारी तोकेको हो । सचिवालय बैठकले प्रदेश इञ्चार्जमा सचिव महेश बस्नेतलाई जिम्मा दिइसकेको छ ।
त्यस्तै बैठकले बागमती प्रदेश अन्तर्गत उपत्यकाका ३ जिल्लाबाहेक जिल्ला कमिटीमा इञ्चार्जहरु तोकेको छ ।
यी हुन् एमालेका बागमती प्रदेश अन्तर्गतका जिल्ला संयोजन गर्ने इञ्चार्जहरु,
१ सिन्धुली, प्रदीप कटुवाल
२ रामेछाप, माधव ढुङ्गेल
३ काभ्रेपलाञ्चोक, अशोक ब्यन्जु
४ सिन्धुपाल्चोक, सुवास कर्माचार्य
५ धादिङ,भूमि त्रीपाठी
६ दोलखा,पार्बत गुरुङ्ग
७ नुवाकोट,केशब पाण्डे
८ रसुवा,प्रेम तामाङ्ग
९ मकवनपुर,रामेश्वर राना
१० चितवन,देवी ज्ञवाली







