जुरिखेत दुर्घटनामा मृत्यु हुने मध्य ४ को पहिचान खुल्यो
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा आइतबार भएको सुमो दुर्घटनामा परि मृत्यु भएका ६ मध्य ४ जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा भारत बिहार राज्य पटना बस्ने बर्ष ४२ को रजनिस कुमार, हेटौडा ४ कमलडाँडा बस्ने बर्ष ४० की सबिता लम्साल, हेटौडा २ कान्तिराजपथ बस्ने बर्ष २९ को निखिल अग्रवाल, भारत बिहार राज्य बेगुसराई बस्ने बर्ष ५० को अरबिन्द कुमार, तत्काल नाम थर वतन नखुलेको अन्दाजी ३५\३६ को पुरुष र अर्का एक नाम थर वतन नखुलेको अन्दाजि बर्ष ४० को पुरुषको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर तीन जना घाईते भएका छन् । घाईते मध्य २ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले बताएको छ । गम्भीर घाईते हुनेमा सुमो चालक हेटौंडा ४ कमलडाँडा घर भएका बर्ष ४५ का गणेश थापा रहेका छन् । उनको शरीरको विभिन्न भागमा चोट लागेको थप उपचारको पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको छ । त्यसैगरी हेटौंडा ४ कमलडाँडा बस्ने बर्ष १२ को अभ्यास लम्सालको टाउकोको विभिन्न भागमा चोट लागेर गम्भीर घाईते भएको र थप उपचारको लागि हेटौंडा अस्पतालबाट पुरानो मेडिकल चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाईते भएका रौतहट चन्द्रपुर २ बस्ने वर्ष २१ कि रिचा चौधरीको टाउकोमा चोट लागेको अवस्था मध्यम रहेको र हेटौंडा अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।
प्रहरीका अनुसार आइतबार साँझ करिब साढे ५ बजे काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो।
सुमोमा सवार ९ जनालाई प्रहरी तथा स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि हेटौँडा पठाइएको थियो ।







