काठमाडौं-हेटौंडा सडकको जुरीखेतमा जिप दुर्घटना, ६ जनाको मृत्यु
हेटौंडा । काठमाडौं-हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा जिप दुर्घटनाहुँदा ६ जनाको मृत्यु भएको छ ।
भीमफेदी गाउँपालिका– ६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका थिए। घाइतेमध्ये ६ जनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार साँझ करिब साढे ५ बजे काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो।
सुमोमा सवार ९ जनालाई प्रहरी तथा स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि हेटौँडा पठाइएको प्रहरीले जनाएको छ। ६ पुरुष र एक महिला घाइतेमध्ये दुई बालबालिका छन्।
प्रहरीका अनुसार मृत्यु हुने र घाइतेहरुको पहिचान खुल्न बाकी छ।







