मकवानपुर-१ मा एमालेबाट रानासहित सात जनाको नाम सिफारिस

अखबार हब
२०८२ पुष २०, आईतवार १३:१९

हेटौंडा । नेकपा (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुई वटा निर्वाचन क्षेत्रमध्य क्षेत्र नं १ बाट सात जनाको नाम सिफारिस गरेको छ ।

एमाले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ को बैठकले प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य रामेश्वर राना र एका लाल श्रेष्ठ, जिल्ला उपाध्यक्ष हिदम लामा तथा पार्टी नेताहरू मदनकुमार दाहाल, कृष्णप्रसाद दाहाल, रामचन्द्र राई र नारायण सापकोटाको नाम सिफारिस गरेको हो ।

सिफारिस भएका नामहरू जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पठाइने र पार्टीको अन्तिम निर्णयअनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवार छनोट गरिने एमाले मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*