मकवानपुर–२ बाट बर्तौला र ठकुरीको नाम सिफारिस

अखबार हब
२०८२ पुष २०, आईतवार १३:१०

हेटौंडा । नेकपा (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुई वटा निर्वाचन क्षेत्रमध्य क्षेत्र नं २ बाट दुई जनाको नाम सिफारिस गरेको छ ।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ को बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सचेतक महेश कुमार बतौला र पार्टी नेता सुवास चन्द्र ठकुरीको नाम सिफारिस गरेको हो ।

सिफारिस भएका नामहरू जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पठाइने र पार्टीको अन्तिम निर्णयअनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवार छनोट गरिने एमाले मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*