रास्वपाको प्राथमिकतामा परेन सुदूरपश्चिमः ८ जिल्ला उम्मेदवारविहीन, कञ्चनपुरबाट मात्र २ जना समेटिए

अखबार हब
२०८२ पुष १५, मंगलवार १४:०५

हेटौंडा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व अत्यन्तै न्यून देखिएको छ। प्रदेशका ९ जिल्लामध्ये ८ जिल्लाबाट एकजना पनि उम्मेदवार नपर्दा सुदूरपश्चिम रास्वपाको प्राथमिकतामा नपरेको देखिएको हो।

रास्वपाले आयोगमा बुझाएको ११० जनाको बन्दसूचीमा सुदूरपश्चिमका ९ जिल्लामध्ये कञ्चनपुरबाट मात्र २ जनालाई समेटिएको छ। बाँकी ८ जिल्ला—कैलाली, दार्चुला, डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा र बैतडी—बाट समानुपातिक सूचीमा कसैलाई पनि स्थान दिइएको छैन।

कञ्चनपुरबाट को-को परे ?
रास्वपाको बन्दसूचीमा कञ्चनपुरबाट दुई जना प्रभावशाली अनुहार समेटिएका छन्स् १। प्रतिभा रावलस् पार्टी सह(प्रवक्ता एवं सभापति रवि लामिछानेको सचिवालय प्रमुखसमेत रहेकी रावललाई खसआर्य महिला क्लस्टरको पहिलो नम्बरमा राखिएको छ। २। सोमप्रसाद चौधरीस् थारु पुरुष क्लस्टरबाट चौधरीलाई उम्मेदवार बनाइएको छ।

राजधानी कैलाली नै रित्तो
आश्चर्यजनक कुरा त के छ भने, सुदूरपश्चिम प्रदेशको राजधानी रहेको र राजनीतिक रूपमा महत्त्वपूर्ण मानिने कैलाली जिल्लाबाट रास्वपाले एकजनालाई पनि समानुपातिक सूचीमा राखेको छैन। यसअघि २०७९ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २१ सिट जितेको रास्वपामा सुदूरपश्चिमबाट एकजना पनि सांसद थिएनन्। यसपटकको बन्दसूचीले पनि उक्त भौगोलिक रिक्ततालाई नै निरन्तरता दिएको देखिन्छ।

बालेन र कुलमान फ्याक्टरको प्रभाव
पार्टीले यसपटक काठमाडौँका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टी ९कुलमान घिसिङ समूह० सँगको सहकार्यका कारण केन्द्रमा स्थापित सेलिब्रेटी र विज्ञहरूलाई प्राथमिकता दिँदा सुदूरपश्चिम जस्ता भौगोलिक रूपमा टाढा रहेका क्षेत्रहरू ओझेलमा परेको देखिन्छ । रास्वपाको सूचीमा क्रिकेटर ज्ञानेन्द्र मल्ल, गायक प्रकाश सपूत, सामाजिक अभियन्ता मोहना अन्सारी जस्ता अनुहारहरू प्राथमिकतामा रहँदा सुदूरका जिल्लाहरू उपेक्षित भएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published.


*