निजगढमा मोतियाबिन्दुका एक हजारभन्दा बढी बिरामीको नि:शुल्क उपचार

अखबार हब
२०८२ पुष १२, शनिबार ०७:४८

बारा । बाराको निजगढमा मोतियाबिन्दुका एक हजारभन्दा बढी बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

शुक्रबार भएको शल्यक्रियाका लागि अस्पतालले केही दिनअघिदेखि बारा, पर्सा, रौतहट र सर्लाहीका ग्रामीण क्षेत्रमा पुगेर आँखा शिविर सञ्चालन गरेको थियो । ती शिविरमार्फत ६ हजार ५ सय जनाको आँखा परीक्षण गरिएको र १ हजार ६ सय जनामा मोतियाविन्दु पहिचान भई शल्यक्रियाका लागि छनोट गरिएको अस्पतालले जनाएको छ ।

जसमध्ये शुक्रबार पहिलो चरणमा १ हजारभन्दा धेरैको शल्यक्रिया गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*