ग्याँस व्यवसायी संघद्वारा विनोदमान श्रेष्ठ सम्मानित

अखबार हब
२०८२ मंसिर २३, सोमबार २१:३२

हेटौंडा । मकवानपुर ग्यास व्यवसायी संघद्वारा विनोदमान श्रेष्ठ सम्मानित भएका छन् ।

सोमबार हेटौंडामा सम्पन्न संघको १३औं साधारणसभाले श्रेष्ठलाई ग्यास व्यवसायीको क्षेत्रमा योगदानका पुर्‍याएको भन्दै सम्मान गरेको हो ।

चतुरबहादुर तामाङ (नवीन) को अध्यक्षतामा सम्पन्न साधारणसभामा ग्याँस विक्रेता महासंघका केन्द्रीय सल्लाहकार दिलिश गोविन्द जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारणसभामा संघका कोषाध्यक्ष कृष्ण ढुङ्गानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव सुदर्शन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

साधारणसभा मार्फत संघले ग्यास वितरण व्यवस्थालाई सुदृढ बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रममा साहारा ग्याँसका खड्कबहादुर थापा, नेपाल ग्याँसका जिवन छत्कुली, ग्याँस वानका प्रबन्धक सरोज राज ढकाललगायतको ग्यास व्यवसायीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*