११ औँ महाधिवेशनकाे प्रतिनिधि छनाैट र अनुभूति
नेकपा एमाले, मकवानपुरकाे ११ औँ महाधिवेशन(२७-२९ गते), काठमाडाैँकाे लागि सर्वसम्मत रूपमा २ नं. संघीय निर्वाचन क्षेत्रमा र निर्वाचन १ नं. संघीय निर्वाचन क्षेत्र र जिल्लामा दलित क्षेत्रमा भयाे ।
सर्वसम्मत र निर्वाचन दुवै अभ्यास गरियाे । महाधिवेशनमा जाने तिब्र आकाँक्षाकाे बाबजुत प्रतिनिधि नहुनु भएका कमरेडहरूले विना कुनै विवाद सर्वसम्मतमा सघाउनु भयाे । निर्वाचन भएकाे क्षेत्रमा विकट भुगाेलकाे बाबजुत र छाेटाे समयकाे सूचनामा पनि उल्लेखीय उपस्थितिमा आकाँक्षीबीच उत्साहपूर्वक मित्रवत प्रतिस्पर्धामा निर्वाचन भयाे । समग्रतामा यी दुवै अभ्यासले नेकपा एमाले, मकवानपुरकाे पार्टी जीवनकाे अनुशासित चरित्र र सम्य संस्कृतिलाई पुन: स्थापित गरेकाे छ ।
पार्टीमा आन्तरिक जीवन र बाह्रय क्षेत्रमा निर्वाचनमा पटकपटक प्रतिस्पर्धा गरेकाे, जीत र हार बेहाेरेकाे अनुभव हामीसंग छ । तिब्र आकाँक्षाका साथ प्रतिनिधिकाे लागि भएकाे उम्मेद्वारीमा सहभागिता, छाेटाे समयकाे सूचनामा उल्लेखनीय र उत्साहजनक पार्टी सदस्यहरूकाे उपस्थिति, व्यवस्थित निर्वाचन प्रणालीकाे व्यावस्थापन र अवलम्बन, निर्वाचनकाे मित्रवत र हार्दिक प्रतिस्पर्धा, प्रतिनिधिमा पार्टीभित्र तीनै पुस्ता(पहिलाे,दाेस्राे र तेस्राे पुस्ता)काे सहभागीता, र सर्वसम्मत वा निर्वाचनकाे नतिजालाई हार्दिकतापूर्वक ग्रहण यश प्रतिनिधि छनाैटका विशेषता हुन् ।
यी विशेषतालाई पार्टी संगठनमा पूँजीकाे रूपमा लिएर आगामी दिनमा नेकपा एमाले मकवानपुरले पार्टी संगठनभित्रकाे आन्तरिक एकतालाई सुदृढ बनाउँदै, पार्टी सदस्यहरूकाे मनाेभावना र जनताकाे चाहना र जिल्लाकाे आवश्यकतालाई ध्यानमा राखेर यात्रा तय गर्नुपर्छ ।
मकवानपुरमा बलियाे र पहिलाे पार्टी जनमत र संगठनमा आज पनि छ, आगामी दिनमा पनि कसैले राेक्न सक्दैन ।







