अस्पतालको ‘बेड’बाटै श्रीधर पोख्रेल महाधिवेशन प्रतिनिधि उम्मेदवार

अखबार हब
२०८२ मंसिर १२, बिहीबार १३:४५

हेटौंडा । नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले पार्टीको ११औं केन्द्रीय महाधिवेशनको लागि प्रतिनिधि बन्न उम्मेदवारी दर्ता गराएका छन् ।

सवारी दुर्घटनामा परेर विगत सात महिनादेखि उपचाररत् पोख्रेलले बुधवार पार्टी कार्यालय मकवानपुरमा वारेसनामामार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । काठमाडौंमा उपचाररत् पोख्रेलले टेलिफोनमा कुरा गर्दै भने, ‘आउँदो ११औं महाधिवेशनमा सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी बहन गर्दै मैले प्रतिनिधिमा उम्मेदवारी दर्ता गराएका छु ।,’

अध्यक्ष पोख्रेलले स्वास्थ्य सुधारोन्मुख भइरहेको जानकारी गराउँदै छिट्टै पार्टी काममा फर्किने पनि बताए । उनकाअनुसार पोख्रेलको केही दिनमा शल्यक्रियाको तयारी भइरहेको छ । त्यसअघि परिवारका सदस्यको पनि शल्यक्रिया रहेकाले आफू अस्पतालमा रहिरहेको जानकारी दिए ।

मकवानपुरको क्षेत्र नम्बर १ र २ बाट १६ जना प्रतिनिधि चयनका लागि ८० जनाले निर्वाचन प्रक्रियामा भाग लिन उम्मेदवारी दर्ता गराउँदा पोख्रेलले १ नम्बर क्षेत्रबाट मनोनयन गराएका हुन् । प्रतिनिधि चयनका लागि सर्वसम्मतको प्रयास भइरहेको र सर्वसम्मतको अवस्था नआए १३ मंसिरमा मतदानमार्फत प्रतिनिधि चयन हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*