घट्यो सुनको भाउ

अखबार हब
२०८२ मंसिर १२, बिहीबार ११:१८

काठमाडौं। बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ९ सय रुपैयाँ बढेको थियो ।

यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो ।

विगत एक सातामा तोलामा ५ हजार ४ सय रुपैयाँले सुनको भाउ बढेको छ । गत बिहीबार २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ आज बढेको छ । चाँदी प्रतितोला ६० रुपैयाँ बढेको हो । महासंघले अघिल्लो दिन प्रतितोला मूल्य ३२२० रुपैयाँ तय गरेकोमा आज ३२८० रुपैयाँ तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*