हेटौंडा उपमहानगर कार्यपालिका बैठक कांग्रेस र एकीकृत समाजवादीद्वारा बहिष्कार

अखबार हब
२०८२ मंसिर ११, बुधबार १८:४१

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा कांग्रेस र एकीकृत समाजवादी (एस) बाट निर्वाचित जनप्रतिनिधिहरूले उपमहानगरको कार्यपालिका बैठक बहिष्कार गरेका छन्।

मेयर मीनाकुमारी लामाले अघिल्लो बैठकमा आफूहरूलाई धारणा राख्ने समय नदिएको भन्दै उनीहरूले बुधबार बिहानका लागि बोलाइएको बैठकमा सहभागी नभएका हुन्।

बुधबार बिहान ८ बजेका लागि तय भएको कार्यपालिका बैठकमा उपमेयर राजेशकुमार बानियाँ सहित कांग्रेसका नौजना वडा अध्यक्ष र समाजवादीबाट निर्वाचित एकजना वडाध्यक्ष सहभागी नभएपछि बैठक सुरु हुन नसकी स्थगित गरिएको छ।

बहिष्कार गर्ने जनप्रतिनिधिहरूका अनुसार विवाद अघिल्लो कार्यपालिका बैठकबाट सुरु भएको हो। “अघिल्लो बैठकमा एजेन्डामाथि छलफल गर्दा हामीले आफ्नो धारणा राख्न फ्लोर मागेका थियौं। तर, पाएनौं। त्यसकारण यस वैठकमा हामी गएनौं,” कांग्रेसको तर्फबाट वडा नम्बर १ मा निर्वाचित वडाध्यक्ष तथा हेटौंडा उपमहानगरका प्रवक्ता सविन न्यौपाने ले बताए।

कांग्रेसबाट निर्वाचित एक वडाध्यक्षले पनि ‘आफ्नो धारणा राख्नै नपाउने भएपछि बैठकमा किन सहभागी हुनु’ भनेर आफूहरू बैठकमा नगएको स्पष्ट पारेका छन्।

एमालेबाट निर्वाचित केही वडाध्यक्षहरू भने बैठकका लागि उपस्थित भए पनि गणपूरक संख्या नपुगेपछि बैठक नबसी फर्किएका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*