मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना , एकै परिवारका तीन जनाको मृत्यु
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ धवाडीपुलमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तीनै जना एकै परिवारका रहेका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक बाबु, नाबालिका छोरी र आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ बस्ने ३५ बर्षीय भिम बहादुर स्याङतान, मोटरसाइकलको पछाडी सवार ३४ बर्षीया रुपा स्याङतान र उनकी ५ महिने छोरी को घटनास्थलमै मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।
गम्भीर घाइते भएका भिम बहादुर घाइते भइ उद्धार गरी हेटौंडा अस्पताल ल्याईएकोमा थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएकोमा बाटोमानै मृत्यु भएको उनले बताए ।
सुकौराबाट कान्तिलोकपथ तर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आज दिउँसो आफै अनियन्त्रित भएर धवाडीपुल छेउमा दुर्घटना भएको भएको हो । मोटरसाइकल सडकबाट करिब १२ मिटर तल खसेको थियो ।







