मोर्डन युथ क्लबलाई खेलकुद सामाग्री सहयोग

अखबार हब
२०८० आश्विन १५, सोमबार २१:४७

मकवानपुर । पश्चिम मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर १ मकरी  स्थित मोर्डन युथ क्लबलाई खेलकुद सामाग्री सहयोग गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) जिल्ला उप-संयोजक प्रकाश गौतम र रास्वपा नगर  ऱ्याट प्रमुख दामोदर दाहालले खेलकुद सामाग्री हस्तान्तरण गरिएको  हो ।

नजिकिदै गरेको विजया दशमीको अवसरपारी मोर्डन युथ क्लब  मकरीले यहि महिनाको २९ गतेबाट आयोजना गर्न लागेको वडाकप भलिबल प्रतियोगिताको लागि बल, नेटसहित ८ हजार बराबरको खेलकूद सामग्री सोमबार क्लबका सदस्य राममणि न्यौपानेलाई हस्तान्तरण गरिएको हो ।

विजया दशमीको अवसरपारि शुभकामना आदानप्रदान ,मनोरञ्जन साथै वडा नम्बर १ बाट उत्कृष्ट टीम छनोट गर्ने र तिहारमा प्रथम पालिका स्तरीय  भलीबल प्रतियोगिता गर्ने  तयारी गर्दै भलीबल  खेललाई पनि अगाडि बढाउने हेतुले भलीबल प्रतियोगिता आयोजना गरेको  क्लबका अध्यक्ष विशाल उप्रेतीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*