र्‍यापिड एक्सन टिम हेटौंडाको अध्यक्षमा दाहाल

अखबार हब
२०८० आश्विन १४, आईतवार २०:३९

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेटौंडा उपमहानगरपालिकाको नगर कमिटीले आर.ए.टी (र्‍यापिड एक्सन टिम)बिभाग प्रमुखमा दामोदर दाहाल चयन गरेको छ ।

शनिबार बसेको नगर बैठकबाट उनी चयन भएको रास्वपा नगर सभापति धुर्व बिष्टले जानकारी दिए । “आम जनताको सेवा, सहयोग र आवाज बन्दै समस्यामा सम्बोधनको निम्ति लागिपर्नु, समन्वय गर्नु नै राजनीतिक कर्मीको रहेको र रास्वपाको आर.ए.टी बिभाग आपत विपत व्यवस्थापनको जिम्मेवार प्राप्त विभाग भएको नगर अध्यक्ष बिष्टले बताए ।

बैठक बाट ऱ्याट नगर प्रमुखका जिम्मा पायका दाहाल भन्छन्- ´बिगतमा एक्लै हुँदासमेत अनिमियतता ,ब्यथिति बिरुद्ध लड़दै आएको थिए । अब झन मैले हिजो गरेको काम कै कारण थप जिम्मेवारी पाएको छु । कार्यकाल सफल बनाउने गरि लाग्ने छु ।  पुरानादल सबैले वा दामोदर जी राम्रोकाम भन्ने काम गरेर देखाउने अठोट लिएको छु ।`

नगर सभापति धुर्ब बिष्टको सभाध्यक्ष बसेको बैठकमा क्षेत्रिय पदाधिकारी ,नगर पदाधिकारी , नगरका भीभीन्न संगठन विभाग लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*